अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भारतबाट तराई प्रवेश गरेको सलह किरा अर्घाखाँचीका विभिन्न स्थानमा पनि देखिएको छ।
ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको शितगंगा नगरपालिका, पाणिनी गाउँपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो।
शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ। यस्तै आज कपिलवस्तु जिल्लामा पनि सलह किरा फैलिएको छ ।
बारी, घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको शितगंगा र पाणिनीका स्थानियबासीले बताएका छन् । अहिलेसम्म ठूलो समुहमा देखिएको छैन् ।
उता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ ।