अर्घाखाँचीमा सलह किरा फैलियो, किसानमा त्रास

अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । भारतबाट तराई प्रवेश गरेको सलह किरा अर्घाखाँचीका विभिन्न स्थानमा पनि देखिएको छ।
ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका पाणिनी गाउँपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो।
सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ।
यसैगरी धनचौरको पाकु, डढुवा, ठुला डेवामा  जुकेना ठाडा हुँदै आएको हुन सक्ने अनुमान किसानले गरेका छन् । भुमिकास्थान नगरपालिकाका धनचौर डेवा, ढिकुरा लगायतका स्थानमा सोमबार दिउसो सलहका केही झुन्ड देखेको छ ।  यसैगरी सोहीखालको झुन्ड – झुण्ड सन्धिखर्कका वार्ड नम्बर ७ का डिहीडाडा , प्रगतिनगर भालुखोलाका किसानले देखेको  अर्घाखाची डटकमलाई जानकारी गराएका छन।   पश्चिमबाट आएको हावा सगै सलह आएको हुन सक्ने अनुमान गरिएको छ।
धनचौरको पाकु, डढुवा ठुला डेवामा देखेको झुन्ड  जुकेना ठाडा हुँदै आएको हुन सक्ने अनुमान किसानले गरेका छन् । यसैगरी सोही झुण्ड धनचौरको पाकु, डढुवा, ठुलाडेवा, ढिकुरा गैरागोठ,  टोडेयार हुँदै खाँचीकोटका केही स्थान प्रगतिनगर भालुखोला , डिहीडाडा लगायतका स्थान हुँदै हावाको बेग सगै पूर्व तिर लागेको किसानहरुले जानकारी गराएका छन् ।
उता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ ।
 

अन्य समाचारहरु