अर्घाखाँचीभर रोपाईं गरेर तथा दहि च्यूरा खाएर धान दिवस मनाइयो (भिडियो, फोटो)

नमराज भुसाल अर्घाखाँचीडट्कम संवाददाता
बिहार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ अर्थात राष्ट्रिय धान दिवस अर्घाखाँची जिल्लाभर रोपाईं गरेर मनाइएको छ ।
आज राष्ट्रिय धान दिवसको असवरमा अर्घाखाँचीमा रोपाईं गरी तथा  दहि च्यूरा खाएर मनाइएको हो ।
सन्धिखर्कको बिहार, गच्छे, फुदवाङ लगायतका खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिएको थियो ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु-याएको छ ।
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । गत वर्ष धान उत्पादन १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ ।

अन्य समाचारहरु