अर्घाखाँचीका किसानले दुई दिनदेखि सलह धपाउन मै दिन बिताए, स्थानियतहको देखिएन चासो

बिष्णु कुमार आले
जुकेना, अर्घाखाँची २०७७-३-१६ गते । बाँदर र बदेलले खेति खाएर हैरानी खेप्दै आएका अर्घाखाँचीका किसान दुई दिन देखि बिभिन्न उपाय अपनाएर सलह किरा धपाउन जुटेका छन् । सोमबार दिउसो देखि अर्घाखाँचीका ६ ओटै स्थानियतहमा ठुलो संख्यामा सलह किरा आएर तरकारी मकैबालीमा बसेर खान थालेपछि दुईदिन देखि किसान सलह धपाउन प्रयास गर्दा पनि नगएको किसानले बताएका छन् ।

किसानको गुनासो
जिल्लाको भुमिकास्थान, शितगंगा, सन्धिखर्क नगरपालीका , छत्रदेव, मालारानी र पाणिनी गाँउपालीकाको बिभिन्न टोल वस्तीहरूको किसानको खेतबारीमा सलहले तरकारी मकै खेती नष्ट गरेको छ । धानको ब्याड र खेतमा रोपिसकेको धान पनि सलहले खाईदिएको छ । तर किसानले गुनासो गरेपनि जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीले कुनै चासो नदिदा किसान आक्रोसित भएका छन् । जिल्लाको भुमिका स्थानको ढिकुरा , शितगंगाको सिमलपानी,जलुके, ठाडा, लगायत ६ ओटै स्थानियतहमा सलह प्रवेश गरेर हजारौं राेपनी जग्गामा लगाएको मकैखेती नष्ट गरेको छ । दुईदिन देखि किसानले सलह धपाउन धुवा लगाउने, थाल पिट्ने, खेतबारीमा सयौ मानिस परिचालन हुने , कराउने गरेपनि नगएपछी जिल्ला कृषि ज्ञानकेन्द्रलाई हार गुहार गरेका छन् । तर हार गुहार गरेपनि जिल्ला कृषि ज्ञानकेन्द्रले किसानको गुनासोलाई चासो नदिएको किसानको भनाई छ । खेतमा रोप्न तयार भएको धानको बिउ खाईदिएपछी निरास बनेका किसानले त्रिपालले ढाकेर धानको ब्याड जोगाउने प्रयास गरिरहेका छन् । बर्षेनी बदेल र बाँदरको चपेटामा परेका यहाँका किसान अहिले करोडौंको संख्यामा सलह आएर खेति नष्ट गरेपछि उनिहरू चिन्तित भएका छन् ।
जिल्ला कृषि ज्ञानकेन्द्रको भनाई
सोमबार देखि जिल्लाको बिभिन्न स्थानमा सलहले खेति नष्ट गर्न थालेपछि ६ ओटै स्थानिय तहका प्रमुखहरू सँग छलफल भएको जिल्ला कृषि ज्ञानकेन्द्रका प्रमुख देवेस मिश्रले बताए । जिल्लामा करोडौंको संख्यामा सलह आएको छ तर किट नासक बिषादीको अभाव भएको बताए । अौषधी झिकाए पनि अझै नआएकाले किसानको खेतबारीमा पुगेर बिसादी छिट्टन नसकिएको उनले बताए । बिसादी छिट्टने मेसिनको पनि अभाव छ । उनले भने,विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको र मालाथियन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ। तर, एकैपटक ठूलो क्षेत्रमा छर्नुपर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने उनले बताए ।
शितगंगाको ठाडादह , अमराई , कोप्चिबास , भेडामारे, सिमलपानी, जुकेना ,सितापुर, झिर्रा, मन्द्रे सुवर्णखाल, सिद्धारा लगायतका क्षेत्रमा सलह देखिएपछि स्थानीयले धुवा तथा थाल पिटेर सलह धपाउने प्रयास गरिरहेका छन् । शितगंगाको सिमलपानीमा ठुलो संख्यामा सलह प्रबेश गरेपछि १७ रोपनीमा लगाएको तरकारी र मकै खेतिमा क्षेति पुराएको किसान कबिराम भाटले बताए । उनले भने, जुन बिरूवा कलिलो छ ,त्यहि बिरूवा खान सलहले जोड गर्दोरहेछ । सोमबार देखि हजारौंको संख्यामा सलह आएर बस्यो ,बिभिन्न उपाय गरेर धपाउने प्रयास गर्दा पनि नगएको उनले गुनासो गरे । उनको आसपासका किसानको पनि ठुल‍ो परिमाणमा सलहले खेति नष्ट गरेको किसानले बताएका छन् । तर आफ्नो गुनासो नगरपालीमा सुनाउने प्रयास गर्दा चासो नदिएको र फोन नै नउठाउने गरेको उनले बताए । धनचौर ,डेवा र ढिकुरामा पनि सलहले बढि क्षेति गरेको छ । उता पाणिनी गाँउपालीकामा पनि सलहले मकै खेति नष्ट गरेपछि गाँउपालीकामा खबर गरेपनि बेखबर बनेको किसानले बताएका छन् । पटक पटक फोन गर्दा पनि गाउँपालीकाका जनप्रतिनिधिले फोननै नउठाएको किसान रेमलाल भुषालले बताए । बारिको मकैमा लपक्कै सलह आएर बस्यो, धपाउने प्रयास गर्दापनि नगएपछी गाँउपालीकाका जनप्रतिनिधिलाई फोन गर्दा नउठाएको किसान भुषालको गुनासो छ । मालारानीका किसानको पनि समस्या उस्तै छ । खेतमा रोप्न तयार भएको धानको व्याडमा सलह बसेर बिउ खाईदिएको स्थानिय किसान भबिश्वर गैरेले बताए । गाँउपालीकामा फोन गरेर जानकारी गराएको छु तर अहिले सम्म केहि नभएको उनले बताए । किसानले गुनासो गरेपनि स्थानितह वेखबर जस्तै भएका छन् । किसानको गुनासो प्रति चासो दिएका छैनन् ।
सलह नियन्त्रणका उपाय
नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । पचास वर्ष पहिले सलह आएको बुढापाकाहरू बताउँछन्। करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल,जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ। सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय मानिन्छ । सलह बाँसा बसेको बेलामा खरानी तथा गँहुमकैको पिठोले हानेपछी सलह पिठोमा लट्पट्टीएर उड्न नसकेपछि नियन्त्रण गर्न सजिलोहुने जिल्ला कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु