अर्घाखाँची जिल्ला अदालतद्धारा सन्धिखर्क नगरपालीकाको न्यायिक समितीको अनुगमन


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची, १७ असार- अर्घाखाँची जिल्ला अदालतले जिल्लाका स्थानिय तहमा रहेका न्यायिक समितीले गरेको काम कारवाहीको बारेमा अनुगमन गरीरहेकोे छ । 
सोही क्रममा अदालतले मंगलवार सन्धिखर्क नगरपालीकामा रहेको न्यायीक समितिको कामकारवाहीको बारेमा अनुगमन गरेको हो । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको नेतृत्वमा श्रेस्तेदार महेश खनाल, तहसिल्दार अनन्तराज मरासिनी, सुचना अधिकारी टेकराज गैरे लगायतले समितिको अनुगमन गर्नुभएको हो ।
अनुगमनको क्रममा सन्धिखर्क नगरपालिका न्यायीक समितीका संयोजक एवं नगर उपप्रमुख ठाकुर कुमार बिकले नगरपालिकामा न्यायीक समितीले गरेका कामकारवाहीको बारेमा अदातललाई जानकारी गराउनुभएको हो । नगरपालिकामा दर्ता भएका १३ मुद्दामध्ये छलफलबाट मिलापत्र भएका ५ थान मुद्दा, कानुनी प्रक्रिया गरी न्यायीक समितीबाट मिलापत्र भएका १ थान मुद्दा, कानुनी प्रक्रियाबाट टुंगाएको ३ थान मुद्दा गरी जम्मा ९ थान मुद्दा चालु आ.व.मा फछर््यौट भएको जनाईएको छ । जसमध्ये ४ थान मुद्दा भने विचाराधिन अवस्थामा रहेको उपप्रमुख विकले जानकारी दिनुभयोे । अनुगमनमा न्यायीक समितीका संयोजक बिक सहित वडा नं. ७ का वडाअध्यक्ष तथा न्यायीक समितीका सदस्य पृतम थापा, आशा परियार लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु