हिम बहादुर जिसी लेकाली
सन्धिखर्क, अर्घाखाँची असार १७ । निजामति सेवा नासु बचाउ अभियान ( राज पत्र अनंकित संरक्षण आन्दाेलन ) समिति केन्द्रकाे सर्कुलर अनुसार अर्घाखाँचीमा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ ।
निजामति कर्मचारीकाे बृति विकास लाई अबरोध गर्ने गरि प्रतिनिधि सभामा राज्य ब्यवस्था तथा सुशासन समिति बाट पारित भएको बिधेयककाे बिराेध गर्दै आफ्ना माग पूरा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख समक्ष ज्ञापन पत्र पठाईएकाे हाे ।
अर्घाखाँचीमा बिभिन्न कार्यालयमा कार्यरत नासु तथा अन्य गरि ३३ जना राष्ट्रसेवक कर्मचारीकाे हस्ताक्षर संकलित ज्ञापन पत्रमा प्रदेश निजामती सेवा तथा स्थानीय सेवाकाे मार्ग दर्शक एेनकाे रूपमा रहेकाे संघिय निजामती सेवा ऐेनकाे प्रस्तावित मस्यौदामा रहेका केही बिषयमा गम्भीर असहमति प्रकट गरिएकाे छ ।
आफुहरू माथि सरकारले अन्याय गरेकाे बताउँदै अर्घाखाँची मा पनि याे आवाज बुलन्द गर्न ,एक्यवद्धता प्रकट गर्न आन्दालनमा जुटेकाे नासु माधव अर्यालले बताउनु भयाे ।
साे ध्यानाकर्षण पत्र बुझ्दै तत्काल सम्वन्धित निकायमा पठाई दिने सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनु भयाे ।

