कुवेतमा निधन भएका अर्घाखाँचीका युवामा कोरोना संक्रमण भएको पुष्टी

अर्घाखाँचीडट्कम संवाददाता   
कुवेत सिटी असार १७ गते (अर्घाखाँचीडट्कम) । कुवेतमा कोरोना संक्रमणका कारणले निधन भएको पुष्टी गरेका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर – ८ नुवाकोटका एक युवाको अन्तिम दाहसंस्कार भएको छ । 
कुवेतमा गत ९ जुनमा निधन भएका नुवाकोटको छेडाका चुरामणी पाण्डेका ३४ बर्षीय जेष्ठ छोरा छबिलाल पाण्डेको कुवेतको कुवेत सिटीमा अन्तिम दाहसंस्कार भएको हो ।
नेपाली राजुतावास कुवेतका अनुसार अल जाविर अस्पतालमा ९ जुनमा निधन भएका पाण्डेको जुन ३० गते मंगलबार कोरोनाको कारण मृत्‍यु भएको रिपोर्ट आएको थियो । 
७ वर्षदेखि कुवेतमा बैदशिक रोजगारमा रहेका पाण्डेका श्रीमती र १,१ छोराछोरी रहेका छन् । 
उता यसअघि गत मे ६ गते बुधवार  जुकेनाको धनचौरका ४१ बर्षिय बिष्णु प्रसाद न्यौपानेको कुवेतको आदान अस्पतालमा मृत्यु भएको थियो ।

अन्य समाचारहरु