बझाङमा पहिरोमा परेर बेपत्ता भएका सातजनामध्ये चारजनाको मृत्यु

बझाङमा पहिरोमा परेर बेपत्ता भएका सातजनामध्ये चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीनजना छन् ।
४६ वर्षीया राममतीदेवी जेथारा, उनका ११ वर्षीय छोरा प्रियाग जेथारा र सात वर्षीया छोरी अस्मिता जेथाराको शव पहिरोले पुरिएको अवस्थामा शनिबार भेटिएको हो ।
त्यसैगरी, ८० वर्षीय दले जेथाराको शव पनि पहिरोले पुरिएको अवस्थामा फेलापरेको छ ।
पहिरोमा पुरिएका तीनजना अझै बेपत्ता छन् ।
उनीहरुको खोजी भइरहेको जनाइएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिकामा शुक्रबार राति गाउँमाथिबाट गएको पहिरोले वडा नम्बर–८, मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन् । इमेजखबरमा समाचार छ ।