अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घामा निर्माण हुन लागेको अर्घा भगवती बिमानस्थलको प्रथम चरणको फिल्म निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
अर्घाको धरमपानी स्थित शिखरबार्नीमा ५ सय मिटर लम्बाई र ४० मिटर चौडाइ रनवे निर्माण हुन लागेको अर्घा भगवती बिमानस्थलको प्रथम चरणको फिल्म निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको हो ।
रनवे निमार्ण गर्ने जिम्मा पाएको निमार्ण कम्पनी लुम्बिनी–अर्घाखाची–पुष्पाजेभीका प्रमुख नारायण वन्जाडेले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार २०७७ साल कात्तिकमा अगाडि आफुले ५ करोड ६९ लाख ६२ हजार ३ सय ३६ रुपैया बरावरको काम गरेर वुझाउने गरी काम भईरहेको छ ।
वन्जाडेले यसअघि कम्पनिले ५ सय मिटर लम्वाई र ३ सय ५० मिटरको चौडाईको रनवे निमार्ण गरी ६ महिनामा पहिलो चरणको काम पूरा गर्ने बताएका थिए ।
अर्घा-भगवती विमानस्थलको तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पहिलो पटक २०७३ साल असार १३ गते, यस्तैपछि २०७४ चैत्र ११ र २०७६ साउन २२ गते गरी चार वर्षमा तीन शिलान्यास भएको थियो ।
अर्घाखााचीबासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हबाई यात्रा गरिरहेका छन् । आकस्मिक उपचारका लागि ३ लाख रुपैया खर्चगरि हेलिकप्टर मगाउनु पर्ने बाध्यता छ ।
