अर्घाखाँचीमा आजसम्म १४७ जनाले कोरोना जिते, जिल्लाभरका क्वारेन्टाईन खाली हुँदै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा आईतबारसम्म १४७ जनाले कोरोना जितेर घर फर्केका छन् । २४ घण्टामा ६३ जना डिस्चार्ज भएका हुन् । 
जसमा सन्धिखर्क नगरपालिकामा २९ जना, शितगंगा नगरपालिकामा ५५, भूमिकास्थान नगरपालिकामा १९, मालारानीमा ३८, पाणिनी गाउँपालिकामा ५ र छत्रदेव गाउँपालिकामा १ जना गरि अर्घाखाँचीमा हाल सम्म १४७ जनाले कोरोनालाई जितेका छन् । 
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३ सय १२ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६४ जना, भुमिकास्थान नगरपालिकामा ९७ जना ,मालारानी गाउँपालीकामा ६७ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी ३ सय १२ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
साथै भुमिकास्थान, शितगंगा र मालारानीका १/१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।
यसैविच अर्घाखाँचीमा आईतबारसम्म ५  सय ६५ जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ५ सय ६५ मा झरेको हो । 
 यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा १९ जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १६२ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु