अर्घाखाँचीमा अब मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने भएको छ। 
घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो।  आज सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो। 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने छ ।
मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखियो र संक्रमणको जोखिम बढ्यो त्यसैले कडाई गर्न लागिएको हो।   

अन्य समाचारहरु