अर्घाखाँची डट्कमले अब सशुल्क सब्सक्राईभ प्रणालीको शुरुवात गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँची डट्कमलाई सशुल्क (पेड) सब्सक्राईभमा शुरुवात गर्ने भएको छ । 
अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँचीडट्कमलाई डिजिटल सशुल्क (पेड) सब्सक्राईभ प्रणालीमा  शुरुवात गर्ने भएको हो । योसँगै पत्रीका किनेर पढे जस्तै अब अर्घाखाँची डट्कमका समाचार सामाग्री हेर्न, पढ्न मार्सिक रुपमा पैसा लाग्नेछ । 
डट्कमले भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिता निरन्तरता दिनका लागि तथा विज्ञापन राजस्व गिरावट – संकट परेको, गुणस्तरीय पत्रकारिताको संरक्षण गर्नका लागि सशुल्क (पेड) सब्सक्राईभ प्रणाली *Paywall* शुरुवात गर्ने भएको छ । डट्कमलाई सशुल्क सब्सक्राईभ गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।
नयाँ सशुल्क (पेड) सब्सक्राईभ प्रणाली  अन्तरगत नेपालका ग्राहकले मार्सिक ४०० रुपैया, भारत, पाकिस्तानका ग्राहकले मार्सिक सोही मुलुकको मुद्रा ५०० रुपैया भने नेपाल बाहिर विश्वभरका ग्राहकले मार्सिक १० अमेरिकन डलर तिरेर सब्सक्राईभ गर्न सक्नेछन् । यसमा केही हेरफेर हुन सक्नेछ । 
यस्तै अर्घाखाँचीडट्कमले सब्सक्राईभ प्रणाली अन्तरगत ग्राहकलाई अनेकौ सुविधा प्रदान गर्नेछ । जसमा निशुल्क ईमेल सेवा, २४ सै घण्टा व्हाट्सएप्प, भाईभर, ईमो, फेसबूक, ट्विटर, इंस्टाग्राम लगायतका सामाजिक संजाल मार्फत ताजा उप्डेट गराउने छ । साथै मासिक ग्राहक लक्की उपहार योजना समावेश गरिदै जानेछ ।     
 
साथै नेपालको ईतिहासमा अर्घाखाँचीडट्कमले पहिलो पटक सशुल्क (पेड) सब्सक्राईभ प्रणाली शुरुवात गरेको छ । डट्कमको ग्राहक हुन शुरुमा दर्ता गर्नुपर्ने हुन्छ । दर्ता गरेपछि ३ महिना, ६ महिना र वार्षिक ग्राहक विकल्प छान्नुपर्ने हुन्छ । साथै भिसा कार्डबाट सिदा पैसा तिरेर ग्राहक बन्न सकिनेछ । भने नेपालका नयाँ ग्राहकले डट्कमको बैंक खातामा पैसा जम्मा गरेपछि सोहीका आधारमा ग्राहक कोड उपलब्ध हुनेछ । सब्सक्राईभ गरेको अवधि समाप्त भएपछि पुन- नवीकरण गर्न सकिनेछ ।   
यस्तै डट्कमले अर्घाखाँची जिल्लाका हरेक पालिकामा आफ्ना संवाददाताका साथै कार्यालय स्थापना गर्ने छ । जसमा सम्बन्धित कार्यालयबाट त्यहाँका स्थानिय समाचार सामाग्री २४ सै घण्टा प्रकाशन हुनेछन् । यस्तै प्रमुख शहरमा पनि संवाददाताका साथै कार्यालय स्थापना गर्ने छ । त्यहाँबाट क्षत्रिय, स्थानिय समाचार सामाग्री २४ सै घण्टा प्रकाशन हुनेछन् । 
साथै डट्कमले सब्सक्राईभ प्रणाली शुरुवातसँगै आफ्ना हरेक प्रतिनिधिलाई तोकिएको पारिश्रमिक, इन्सुरेन्स लगायतका सुविधा उपलब्ध गराउने छ ।    
भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिताको स्थिरता सुनिश्चित गर्न  सशुल्क (पेड) सब्सक्राईभ प्रणाली शुरुवात गर्ने योजना अनुसार  पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने डट्कमले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ ।  
सन् १९९९ सालदेखि ब्लग र सन् २००६ साल देखिको www.arghakhanchi.com मार्फत अन्लाईन संस्करणलाई निरन्तरता दिदै आएको डट्कम नेपालको पहिलो अन्लाईन संचार-संस्था हो । डट्कमका दैनिक ६० देखि ८० हजार बढी नियमित पाठक छन् । 

अन्य समाचारहरु