भोलीबाट सन्धिखर्कदेखि घुम्तिसम्मको सडक बन्द हुने ( समय तालिका सहित)

अर्घाखाँचीडट्कम संवाददाता  
घुम्ति, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क-गोरूसिङ्गे सडक खण्ड अन्तर्गत सन्धिखर्कदेखि घुम्तिसम्मको मोड सुधार र सडक विस्तार गर्नको लागि भोली बुधवारबाट सवारीसाधन आवतजावतमा बन्देज लगाइएको छ ।   
सडक डिभिजन कार्यालय शिवपुरको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्व पक्षिय बैठकले सन्धिखर्कदेखि घुम्तिसम्मको मोड सुधार र सडक विस्तार गर्नको लागि भोली बुधवारबाट सवारीसाधन आगागवनमा बन्द लगाइएको हो ।
अर्को सुचना नहुज्नेल भोली आषाढ २४ गते बुधवारदेखि बिहान ८ बजेदेखि दिउसो १२ बजे र दिउसो २ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द गरिनेछ । 
यस्तै एम्बुलेन्स, सुरक्षा गाडी, विवाह गाडीमा ५ जनासम्म, दमकल संवेदनशिल सवारीको लागि भने सडक सुचारु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको सुचनामा जनाइएको छ ।      
त्यस्तै बैठकले जिल्लामा निर्माण सामाग्री ढुवानी, श्रमिकहरूकाे ज्याला लगायतका बिषयमा दर रेट कायम गर्न सालझण्डी सन्धिखर्क ढाेरपाटन सडक आयाेजनाका प्रमुख जयलाल मरासिनीकाे संयाेजकत्वमा ५ सदस्यीय दररेट मसाैदा समिति पनि निर्माण गरिएकाे छ । 
साे समितिले कार्य आरम्भ गरि निकट भबिष्यमा दर रेट सार्वजनिक गर्ने समेत सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनु भएकाे छ ।
बैठकमा सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयका प्रमुखहरू, उद्योग ,यातायात , निर्माण ब्यबसायीका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु