अविरल वर्षाका कारण धनगढीका अधिकांश स्थान जलमग्न भएका छन् । गएराती देखिको वर्षाले धनगढी उपमहानगरपालिकाको मुख्य सडक तथा विभिन्न वडाका वस्तीहरु डुवानमा परेका हुन् ।
कतिपय स्थान जलमग्न हुँदा घरभित्र पानी पसेको छ । पानीको निकास नहुँदा र खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढीका विभिन्न स्थानमा डुवान भएको हो । इमेजखबरमा समाचार छ ।