विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रने भक्तपुरको नाकामा लामो जाम

काभ्रेको साँगा हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा सवारी–साधनको जाम लागेको छ ।
विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेका सवारी–साधनको चेकजाँचकाक्रममा लामो जाम लागेको हो ।
काभ्रे हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ ।
सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवत–जावत गर्नेहरुको संख्यामा भने कमी आएको छैन ।
सरकारले असार १ गतेदेखि ‘लकडाउन’ केही खुकुलो बनाएपछि निजी सवारी–साधन सञ्चालनमा रहेका छन् । इमेजखबरमा समाचार छ ।