अरनिको राजमार्गमा पर्ने जुरेमा एक सय मिटर सडक बाढीले बगायो

सिन्धुपाल्चोक । बलेफि गाउँपालिका ८ र बाह्रबिसे नगरपालिकाको सिमानामा रहेको अरनिको राजमार्गमा पर्ने जुरेमा एक सय मिटर सडक बाढीले बगाएको छ ।
भोटेकोशी र सुनकोशी खोलामा पानीको वहाव अत्यधिक बढेपछि ड्यामसाइड अगाडिको करिब एक सय सडक खोलाले कटान गरेको हो ।
सडक खोलाले बगाएपछि जुरेमाथि जाने यातायातका साधन आवतजावत ठप्प छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा जम्बु, खागदल र वन्जीमा भएको बाढी र पहिरोमा परेकाको उद्धारमा कठिनाई भएको छ ।
यसैगरी बाह्रबिसेबाट सुनकोशी जाने बाटोमा पनि पहिरो जाँदा बाटो बन्द भएको छ । जुरेमा वर्षेनी बाढीले सडक बन्द हुने गरेको छ ।
२०७१ साउन १७ गते जुरे पहिरो जाँदा १ सय ५६को मृत्यु भएके थियो भने करौंडोको क्षति भएके थियो । इमेजखबरमा समाचार छ ।