कतारमा अर्घाखाँचीका एक जना व्यक्ति मृत फेला

अर्घाखाँचीडट्कम संवाददाता 
दोहा, कतार । अर्घाखाँचीका एक जना व्यक्ति कतारमा मृत फेला परेका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको गोलखाडाका ५५ बर्षीय हिरा बहादुर जिसी कतार स्थित दोहा नजिकको खलिफामा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 
परिवार सदस्यले घट्नाको बारेमा जानकारी गराए अनुसार जिसीलाई बन्द कोठामा  झुन्डिएको अवस्थामा देखेपछि उनिसँग बस्ने, काम गर्ने नेपालीहरुले प्रहरीलाई जानकारी गराएका थिए । 
उता प्रहरीले मुचुल्का उठाई शबलाई स्थानिय हमद बिन खलीफा अस्पतालमा पोस्टमार्टम लागी राखिएको छ । प्रहरीले आत्महत्या गरेको बताएको छ ।  पोस्टमार्टमको रिपोर्ट कहिले आउने भन्ने कुनै जानकारी गराइएको छैन् । 
यस्तै घट्नाको दोहा स्थित नेपाली राजदुताबासमा जानकारी गराइएको छ । परिवारको भनाई अनुसार ९ वर्षदेखि कतारमा रहेका जिसी नेपाल फर्कने प्रक्रियामा थिए । साथै फर्कनको लागि राजदुताबासमा नाम टिपाएका थिए । 

अन्य समाचारहरु