अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची असार १७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा मंगलवारसम्म २४६ जनाले कोरोना जितेर घर फर्केका छन् । २४ घण्टामा ३७ जना डिस्चार्ज भएका हुन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ५७, भूमिकास्थान नगरपालिकामा ४१, मालारानीमा ६४, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना गरि अर्घाखाँचीमा हाल सम्म २४६ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै मंगलवार अर्घाखाँचीमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परिक्षणमा अर्घाखाँचीका ३जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलवार थपिएका ३ जनासंगै जिल्लामा संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।
साथै भुमिकास्थान, शितगंगा र मालारानीका १/१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।
यसैविच अर्घाखाँचीमा मंगलवारसम्म ४ सय १५ जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ४ सय १५ मा झरेको हो ।
यस्तै मंगलवार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ८ जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
मंगलवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ७२ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
