बैतडीको पञ्चेश्वरमा १७ वर्षीया किशोरीलाई सर्पले डस्दा मृत्यु

बैतडी । बैतडी पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ । 
उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 
मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । रासस