अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । हिजो मंगलवार र आज बुधवार गरी ४ जना कोरोना संक्रमित थपिएका हुन् ।
जसमा २ जना भूमिकास्थान, १ जना छत्रदेव र सितगगा नगरपालिकामा १ जना थपिएका छन् ।
यस्तै अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २५ पुगेको छ ।
साथै अर्घाखाँचीमा बुधवारसम्म ३११ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६३, भूमिकास्थान नगरपालिकामा ९७, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २७ जना गरि अर्घाखाँचीमा हाल सम्म ३११ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै मंगलवार अर्घाखाँचीमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् ।
साथै भुमिकास्थान, शितगंगा र मालारानीका १/१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।
यसैविच अर्घाखाँचीमा बुधवारसम्म ३ सय ५८ जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ३ सय ५८ मा झरेको हो ।
यस्तै बुधवार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा १० जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ११ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
