अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क-गोरूसिङ्गे सडकखण्ड उच्च जोखिममा परेको छ ।
जिल्लाको सुपादेउराली खाँचीखोला माथिको पहाड अबैध उत्खनन कार्यले गर्दा सन्धिखर्क-गोरूसिङ्गे सडकखण्ड र खाँची खोलामा अबस्थित पुल उच्च जोखिममा परेको हो ।
सुपादेउराली खाँचीखोला पहाडको तल्लो क्षेत्रमा पार्किङको कपोकल्पित बहाना अबैध उत्खनन कार्यले गर्दा सुपादेउरालीदेखि खाँचीखोला क्षेत्र उच्च जोखिममा परेको छ ।
खाँचीखोला माथी बानिया निर्माण कम्पनीले अबैध रुपमा उत्खनन गरेको थियो । जुन कुनै निकायबाट पनि अनुमति नलिई होचुवाको भरमा उत्खनन भएको थियो । उक्त अबैध उत्खनन कार्यलाई स्थानीयबासीको उजुरीमा जिल्ला बन डिभिजन कार्यालयले स्थलगत निरीक्षण गरि प्रतिबन्ध समेत लगाएको थियो।
यो क्षेत्रमा लामो समयदेखि चुनढुङगा उत्खननका कारण बातावरणिय तथा पर्यावरणिय बिनासका साथै उच्च जोखिममा परेको बेला सुपादेउराली खाँचीखोला पहाडको तल्लो क्षेत्रमा पार्किङ बनाउदा झन पहिरो जाने उच्च जोखिम परेको भन्दै स्थानियबासी चिन्तित देखिन्छन् ।