नेबिरा फाउन्डेसनद्वारा सामाजिक सुरक्षा अभियानमा पहिलो चरणको मास्क तथा साबुन बितरण

सङ्गम मुस्कान मरासिनी
काठमाडौं । नेबिरा फाउन्डेसनको आयोजनामा गरिएको सामाजिक सुरक्षा अभियानमा पहिलो चरणको मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ । 
नेबिरा फाउन्डेसनको आयोजनामा गरिएको सामाजिक सुरक्षा अभियानमा पहिलो चरणको मास्क तथा साबुन बितरण कार्यक्रम सम्पन्न भएको हो । 
यस नेबिरा फाउन्डेसनको आयोजनामा गरिएको सामाजिक सुरक्षा अभियानमा पहिलो चरणको मास्क बितरण कार्यक्रम अन्तर्गत रात दिन नभनी सेवामा खटिनु भएका रास्ट्रसेवक,ट्राफिक प्रहरीको स्वास्थको हेरविचार तथा कोरोनाको जटिल अवस्थामा सहयोग स्वरुप ३०० मास्क ३०० साबुन बितरण गरिएको छ । 
महानगरिय ट्राफिक प्रहरी माहाशाखा रामशाहापथ, काठमाडौंमा कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरीक्षक बामदेव गौतम, प्रहरी निरीक्षक प्रकाशलाई हन्त्ररण गरिएको थियो । 
नेबिरा फाउन्डेसनले अपांग अशक्त घरबारबिहिन परिवारको हेरबिचार तथा विभिन्न सचेतनामुलक कामहरु गर्दै आएको छ ।