अर्घाखाँचीडट्कम संवाददाता
रिडी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको भलायडाँडाका एक जनाको रिडी खोलाले बगाएर निधन भएको छ ।
किमडाँडाको भलायडाँडाका ४२ वर्षिय देब बहादुर मुखियाको गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वार्ड नम्बर ५ मनबाहक स्थित रिडी खोलाले बगाएर निधन भएको छ ।
मुखियालाई मृत अवस्थामा आज शनिबार ११:४५ बजे रिडी खोलामा फेला पारीएको थियो । पाल्पाको रिनादेवी छहरा गाउँपालिका ३ पट्टाचौर स्थित ससुरालीबाट फर्कने क्रममा शुक्रबार ३ :४५ बजे खोला तर्ने क्रममा अचानक बगाएको थियो ।
घटनाको जिल्ला प्रहरी गुल्मीले थप अनुसन्धान गरिरहेको बताएको छ ।