कसरी बन्छ देश (कविता)

सरिता गैरे भु.न.पा १०
देश खाए नेताले अनि गाउँ खाए पढेलेखेकाले
गाउँ समाज दिनानु दिन बिग्रदै गैरहेको छ 
काम भन्दा गफ ठुलो अनि कसरि बन्छ गाउँ समाज
हाम्रो पुर्खाहरुले भनेको सत्य नै रहेछ “शक्ति ले शरापे को देश
कानुन को प्रमाण पत्र लियको ले l कानून बिपरित काम गर्छ अनि कसरि बन्छ  देश 
बिज्ञान पढेको ले गरिब असहाय महिलालाई बोक्सी को आरोप लगाउछ  अनि कसरि बन्छ देश 
दुनियाका छोरी चेली लाइ गिद्दे नजर लगाउछ अनि कुरा गर्छ नैतिकता तव कसरि बन्छ  देश 
गल्ति गर्दा उसको बिरुद्द  बोल्यो भने सामाजिक बहिस्कार गर्छु भन्छ सामाजिकं शिक्षक अनि कसरि बन्छ देश 
नेपालि बाट डिग्री गरेको मान्छे बिदेशी भाषा बोल्छ अनि कसरि बन्छ देश 
पैशा वाला पुरुष देख्यो कि आफ्नो इज्जत बेच्दै हिड्छे नारि अनि कसरि बन्छ देश 
एउटा नारि ले अर्को नारिलाइ नै अपमान ,अन्याय गर्छे अनि कसरि बन्छ देश 
आधुनिकता को नाममा आफ्नो धर्म संस्कृति छोडेर अरुको देखासिशी गर्ने छिमेकी अनि कसरि बन्छ देश 
ऋण काढी काढी पढ्यो अनि जागिर खाने बेला आफ्नो मान्छे हेर्छन चाहे नपढेको नै किन नहोस अनि कसरि बन्छ देश 
सहयोग गरे वाफत इज्जतमा  दाग लगाउने काम गर्छ समाज सेवी अनि कसरि बन्छ देश 
धनीलाई मात्र उपचार गर्छ डाक्टर अनि कसरि बन्छ देश 
आफ्नै घरको दुइभाइ बिच काटमार को अवस्था छ अनि कसरि बन्छ देश  
काम को शिलशिलामा घरबाहिर जानुपर्छ छोरी मान्छे अनि अनेक प्रस्ताव आउछ तव अशुइकार गरिन्छ अनि अनेक नाम,उपनाम राखीन्छ 
त अनि कसरि बन्छ देश 
आफ्नो काम छाडी छाडी दुनिया को कुरा काट्दै  हिड्ने अनि कसरि बन्छ देश 
अरु देशमा युवाहरु नया आविस्कार मा लागि पर्छन त्यहा नेपालका युवाहरु कसरि कति वटा केटि/केटा साथि बनाउने भन्ने तिर लागि पर्छन त कसरि बन्छ देश 
अनुदानको नाममा भित्रियको नया काम ताथाबाठा हरुले कुम्ल्याउछन त अनि कसरि बन्छ देश 
जताततै भास्त्रचार अन्याय अत्याचार अनि बलत्कारि हरु को मात्र बिगबिगीछ त कसरि बन्छ देश
 
एकले अर्काको काम बिगार्ने मात्र काम गर्छ अनि कसरि बन्छ देश  
बिकास को नाम मा छुटीयको बजेट जिम्मा लिनेको गोजी भरिन्छ त अनि कसरि 
बन्छ देश 
जातजाति,धर्म,संक्स्कृतिमा नै भेदभाव गरिन्छ त अनि कसरि बन्छ देश 
जन्म दिने बाबाआमा लाइ नै रुवाइन्छ त अनि कसरि बन्छ देश 
रोजगारी नपायर सबै युवावर्ग विदेश पलायन हुनुपर्छ त अनि कसरि बन्छ देश 
दाजुभाइले दिदीबहिनी सम्म भन्दैनन त अनि कसरि बन्छ देश 
धनि अनि पहुच भयको लाइ जे गर्न पनि छुट छ त अनि कसरि बन्छ देश 
यस्तो छ त देशको हालत अनि गाउ समाज को अवस्था अनि भुकम्प कोरोना पहिरो जस्ता बिपत्ति न आयर के आउछ त अनि कसरि बढ्छ देश