अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । काठमाडौबाट बुटबल हुँदै अर्घाखाँची जिल्लाको सन्धिखर्क आउदै गरेको स्कार्पियो जीप शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा दुर्घट्नामा परेको छ । दुर्घट्नामा १ जनाको मृत्यु भएको छ । भने १जना घाइते भएका छन् ।
सन्धिखर्क आउदै गरेको बा १५ च २७०६ नम्बरको स्कार्पियो जीप शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडा दह अगाडी रिपाहामा (डमरु दह र सितापुरको बीचमा पर्ने रिपाहा पाखा सामुदायिक बन रिपाहाको जंगलमा) शनिबार साँझ बेलुका करिब ६ बजेर ४० मिनेटमा दुर्घट्नामा परेको हो ।
मृत्यु हुनेमा पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालीका वार्ड नम्वर ८ बल्ढङगढी निवासी अन्दाजी बर्ष ३८ का पाण्डव छाहारी रहेका छन् । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घट्नामा काभ्रे जिल्ला पांचखाल नगरपालिका वार्ड नं. १३ का २३ वर्षीय चालक लिला तामाङ घाइते भएका हुन् । चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।
दुर्घट्नापछि प्रहरी, नेपाली सेना उद्दारमा खटिएका थिए । पानी परेको र निकै चिफ्लो रहेकोले उद्धारमा समेत समस्या परेको थियो ।
नयाँ बाटो भएका कारण ड्राईभरसँग बाटाको बारेमा जानकारी नभएको र ओरालोबाटोमा गाडी चिप्लिदा दुर्घट्नामा परेको अनुमान गरिएको छ ।
गाडी सडकबाट ६०० मिटर भन्दा तल खसेको छ । उक्त स्थानमा केही समय अगाडी ट्याक्टर समेत दुर्घटनामा परेको थियो । ट्याक्टर भएकै स्थानमा स्कारपियो पुगेको छ भने जीप पूर्ण रुपमा छेदबिछेद अबस्थामा रहेको छ । यहाँबाट उक्त ट्याक्टर अहिलेसम्म निकालिएको छैन् ।
साथै प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।