अर्घाखाँचीमा अधिकांस सडकहरु वर्षाका कारण अस्तव्यस्त, डिभर्नामा १२ घण्टा बाटोमा बस्न वाध्य, युवाहरुले उद्दार गरे (भिडियो,फोटो फिचर सहित)
श्रावण ४ गते, २०७७ मा प्रकाशित
प्रेम खड्का
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाका गाउँमा चल्ने अधिकांस सडकहरु वर्षाका कारण अवरुद्ध हुनुका साथै अस्तव्यस्त भएका छन् ।
यसैक्रममा जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाको कल्हाकोटमा एक जीपमा यात्रा गरेका यात्रुहरुलाई १२ घण्टा बाटोमा बस्न वाध्य भएका छन् ।
गुल्मीका समाज सेवी कमल बुढा मगरलाई अर्घाखाँची हुँदै फर्कने क्रममा डिभर्नाको कल्हाकोटमा कसैले गलत बाटो बताईदिएकोले १२ घण्टा बाटो बस्न वाध्य भएका हुन् ।
मध्यराती १२ बजेदेखि फसेको जीपलाई कल्हाकोटका स्थानिय युवाहरुले निकाल्न सहयोग गरेका थिए । नयाँ बाटो आएर फसेका बुढाले स्थानिय युवाहरुले उद्दार गरेपछि धन्यवाद दिदै गुल्मी फर्केका छन् ।
उता जिल्लामा वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि जिल्लाबासी आवतजावत गर्न समस्यामा परेका छन् ।