अर्घाखाँचीकी एक महिला भारतको पन्जाब पटियाला सडकमा फेला

अर्घाखाँचीडट्कम संवाददाता
पन्जाब (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाकी एक महिला भारतको पन्जाब पटियाला सडकमा फेला परेकी छिन् ।
ढिभर्नाकी ३० – ३५ वर्षिया पार्वती थापा भारतको पन्जाब पटियाला सडक किनरामा फोहोर फाल्ने ठाउँमा फेला परेकी हुन् । 
लक्ष्मण नेपालीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार दिमागी असन्तुलित भए जस्तो देखिने ति महिला आफ्नो घर ढिभर्ना झेडीको टाकुरा मिलमिले खोलाको माथि बताएकी छिन् । यस्तै उनले श्रीमानको नाम घनश्याम थापा, दुई छोरा १० वर्षको विवेक, ३ वर्षको आशिष र बुबाको नाम कालुराम, भाईहरूको नाम हुमे, रुपे, विष्णु भएको पनि बताएकी छिन् ।
यस्तै पार्वतीलाई शनिबार बिहान ६ बजे कुड़ा (फोहोर ) फाल्ने ठाउँमा फोहरमा मुख छोपी बसी रहेको अवस्थामा फेला परी उद्दार गरिएको थियो । अहिले उनी अर्घातोस चिदीपानीका समाजसेवी लक्ष्मण नेपालीको सहयोगमा निगरानीमा छिन् । उनले आफ्ना छोराहरुलाई सम्झदै रुने कराउने गरेको बताइएको छ ।    
साथै डट्कममा प्रकासित समाचार प्रकासित भएपछि उनका घर परिवार संपर्कमा आएका छन् । पत्रकार, समाजसेवी प्रेम खड्काले संपर्कमा आएको बताउनु भयो । पार्वतीलाई नेपाल फर्काउन पहल गरिने बताइएको छ ।    
  
स्थानियका अनुसार श्रीमान घनश्याम भारतमा क्वारेन्टाईनमा बसी नेपाल फर्केको बताईएको छ । साथै उनका देबर इन्दरबाट संपर्कमा पनि आएका छन् । 
कसरी सडकमा अलपत्र परिन् थाहा हुन सकेको छैन् ।    

अन्य समाचारहरु