अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला लगायत देशभर लगातार वर्षा भईरहेकाेले सर्वसाधारणलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुराेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सुचना जारी गर्दै आगामी ४ दिन अर्घाखाँची जिल्ला लगायत देशभर लगातार वर्षा हुने भएकोले सर्वसाधारणलाई सचेत रहन गरेको हो ।
जिल्लाभर लगातार वर्षाका कारण जनजीवन अस्तव्यस्त छ । ठाउँ – ठाउँमा पहिरो गएको छ । साथै बिधुतमा नियमित हुनसकेको छैन् ।