अर्घाखाँचीका ५५ स्थानमा योग सहित आर्युबेदिक औंषधिहरु बितरण

अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ५५ स्थानमा योग सहित आर्युबेद औंषधिहरु अश्वागन्धा चुण , गुडुची चिया , तुल्सी चिया च्याबनप्राश लगायतका आर्युबेदिक औंषधिहरु बितरण गरिरहेको छ।  
कोरोना भाइरस विरुद्ध लड्न मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आर्युबेद औषधि तथा योग नै प्रभाबकारी बनेको विभिन्न सरोकारवालाहरुले बताएका छन् ।
अर्घाखाँची जिल्लाको विभिन्न ठाउँमा छिमेकी मुलुक भारत तथा अन्य देश बाट आइ स्थानीयतहहरुले निर्माण गरेका क्यारेन्टाइन तथा आइसुलेशनमा बसेका हरुको मानसिक तनाब ब्याबस्थापन गर्ने उदेश्यले आर्युबेद स्वास्थ केन्द्र अर्घाखाँची ले जिल्ला को करिब ५५ स्थान मा पुगि योग अभ्यास गराउनु का साथै आर्युबेद औंषधि हरु अश्वागन्धा चुण , गुडुची चिया , तुल्सी चिया च्याबनप्राश लगायतका आर्युबेदिक औंषधि हरु बितरण गरि रहेको छ।
हाल स्थानीय तहले निर्माण गरेका क्यारेन्टाइन र आइसुलेशन हरुमा मान्छे हरु कम हुँदै गइ रहेको र निकै लामो समय सम्म क्यारेन्टाइन तथा आइसुलेशन को अग्रपंक्तिमा शुरक्षाथ खटिएका हरु लाई आज एक कार्यक्रम को बिच जिल्ला स्थित रामबाण दल गुल्म म्यालपोखरी का ६० जना भन्दा बढी अधिकृत तथा जबान हरु लाई योग अभ्यास तथा उनिहरुको मानसिक तनाब ब्याबस्थापन तथा उचित आहार ब्याबहार को बारेमा प्रशिक्षित गरिनुका साथै आर्युबेद औंषधि हरु बितरण गरिएको थियो ।
अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र का प्रमुख डा. अर्जुन राज शर्मा को प्रमुख आतिथ्यता मा संचालित सिबिरमा रामबाण दलगुल्म का गुल्म पति सुमन थापा आर्युबेद केन्द्र का कबिराज कमल प्रसाद आचार्य वरिष्ठ बैध पशुपति पन्थी तथा योग प्रशिक्षक अशोक खनाल लगाएतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु