वाङ्लाको म्यालपोखरी क्षेत्रमा रामबाण गुल्मद्धारा बृक्ष रोपण कार्यक्रम सम्पन्न (फोटो सहित)

सुर्य भुसाल
सिमलपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ वाङ्लाको म्यालपोखरी क्षेत्रमा रामबाण गुल्मले बृक्ष रोपण कार्यक्रम सम्पन्न गरेको छ । 
रामबाण गुल्म सन्धिखर्कले स्थानिय सरकारलाई बिकासमा सहयोग गर्दै हातेमालो गरेर रचनात्मक काम गरिरहेको छ ।
म्यालपोखरी गुल्मका गुल्मपति सुमन थापाको बिशेष पहल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का जनप्रतिनिधिहरुको समन्वयमा बुधबार सन्धिखर्क नगरपालिका वार्ड  नम्बर १ स्थित म्यालपोखरी ब्यारेक आसपासमा क्षेत्रहरुमा पहिरो नियन्त्रणमा सहयोग पुग्ने उदेश्यले बिभिन्न जातका बिरुवा रोपिएको सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि तथा युवा नेता लक्ष्मण पराजुलीले जानकारी दिनु भयो ।  
बुधबार   १० प्रजातीका १५० भन्दा बढी बिरुवाहरु रोप्ने कार्यक्रम सम्पन्न भएको थियोे ।   
कार्यक्रममा सन्धिखर्क नगरपालिका १ नम्बर वडाअध्यक्ष युवराज बन्जाडे ,नगरसभा सदस्य लक्ष्मण पराजुली उक्त सामुदायिक वन समिति अध्यक्ष एवम् नगरसभा सदस्य सुमित्रा मुखिया लगायतका जनप्रतिनिधि  नेपाली सेनाका कर्मचारीहरुको उपस्थितिमा उक्त बिर्क्षारोपण कार्य सम्पन्न गरिएको हो ।
कार्यक्रम निकै प्रभावकारी र सिर्जनात्मक भएको रचनात्मक काममा सहयोग गर्ने गुल्मपती सुमन थापा लगायतका कर्मचारीहरुलाई वार्डको तर्फबाठ अध्यक्ष युवराज बन्जाडे लक्ष्मण पराजुली सहितका जनप्रतिनिधिले धन्यवाद दिएका थिए ।

अन्य समाचारहरु