अर्घाखाँचीमा कांग्रेसले एक महिला नेतृलाई गरेको कार्वाही फिर्ता लियो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसले एक महिला नेतृलाई गरेको कार्वाही फिर्ता लिएको छ । 
कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले केहि समय अगाडी पार्टीबाट कार्वाहीमा परेकी सुमित्रा पौडेललाई फुकुवा गरेको हो । जिल्ला कार्य समिती सचिव विष्णुप्रसाद भुसालले कार्वाही फुकुवा गरेको पत्र सुमित्रा पौडेललाई दिएका थिए ।
सुमित्रा नेपाली कांग्रेस युवा विद्यार्थी विभाग अर्घाखाँचीको सदस्य र ट्रेड युनियन काँग्रेस सन्धिखर्कको सदस्य समेत हुन् । अब पार्टीको संगठन निति नियम र आदेशको पुर्ण पालना गर्ने गरी पार्टीबाट कार्वाही फुकुवा भएको कांग्रेस अर्घाखाँचीले जनाएको छ । 

अन्य समाचारहरु