अर्घाखाँचीबाट जिल्ला बाहिर बस सञ्चालन गर्ने तयारी, अर्घाखाँची- काठमाडौं चल्ने सबै बसमा जिपिएस सिस्टम जडान गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । पश्चिम नेपाल बस ब्यवसायी प्राली अर्घाखाँची शाखाले कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको नयाँ बसपार्कबाट बस सञ्चालन गर्ने तयारी गरिएको छ। 
   
पश्चिम नेपाल बस ब्यवसायी प्राली अर्घाखाँची शाखाले कोरोना सङ्क्रमणका कारण गत चैत १० गतेदेखि अर्घाखाँची लगायत देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कबाट बस सञ्चालन गर्न जुटेको हो ।
यस्तै अर्घाखाँची – काठमाडौं चल्ने बसहरुमा हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गरिने भएको छ । बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना सङ्क्रमण हुन नदिन यस्तो प्रविधिको प्रयोगलाई अगाडि बढाएको हो ।   
चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ। यात्रुको सहजताका लागि अनलाइनमार्फत समेत टिकट लिन मिल्ने व्यवस्था प्रालिले मिलाउन लागेको छ। 
यस्तै काठमाडौंमा “बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाईने भएको छ । 
सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। 

अन्य समाचारहरु