अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची श्रावण १० (अर्घाखाँचीडट्कम) । पुर्बविद्यार्थी समाज पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीले क्याम्पस को हाता भित्र विभिन्न जातका फलफुल विभिन्न प्रजातिका बिरुवा लगाउनु का साथै सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ।
क्याम्पस प्रमुख बाबुराम शर्मा को प्रमुख उपस्थिति मा आयोजित कार्यक्रममा पुर्बा विद्यार्थी समाजका अध्यक्ष राम बहादुर चौहान उपाध्यक्ष शेषकान्त घिमिरे ( ओशन) सचीव शिव बेल्बासे समाजका पदाधिकारी सदस्यहरु समाजसेवी तथा क्याम्पस निर्माण समिति का अध्यक्ष रिषब अधिकारी तथा प्राध्यापक हरुको उपस्थिति रहेको थियो ।
बृक्षारोपण तथा सरसफाइ कार्यक्रम प्रश्यात आयोजित अन्तरकृया कार्यक्रममा मन्तव्य राख्दै समाजका सल्लाहकार संयोजक तथा पुर्ब स्वबियु सभापति प्रेमनारायण गैरे ले भन्नू भयो यो क्याम्पस समुदाय मा आधारित सामुदायिक क्याम्पस भएको ले यस् को हरेक गतिविधि मा समुदाय नै अपरिहार्य रहेको उल्लेख गर्दै यस को स्तर उन्नति तथा हरेक रचनात्मक कार्यको लागि आफू २४ सै घन्टा खट्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।
कार्यक्रम मा मन्तव्य राख्दै समाजका उपाध्यक्ष शेषकान्त धिमिरे ओशन ले भन्नू भयो पुर्ब विद्यार्थी समाज सग श्रोत र साधनको अभाव भएको उल्लेख गर्दै पुर्ब विद्यार्थी हरु लाई समेटी आफुहरुको केही पारीश्रमिक खर्च गरेरै भए पनि यस् क्याम्पस को स्तरउन्नति अतिरिक्त क्रियाकलाप मानसिक तनाव ब्यास्थापन जस्ता महत्त्वपूर्ण क्रियाकलाप गराउन को लागि आफ्नो समाज निरन्तर खटी रहेको उल्लेख गर्दै देश कै अब्बल क्याम्पस बनाउन आफ्नो समाज निरन्तर लागी रहने प्रतिबद्धता ब्याक्त गर्नु भयो।

सोही कार्यक्रम मा मन्तव्य राख्दै समाज का अध्यक्ष रामबहादुर चौहान ले भन्नू भयो जिल्ला कै शैक्षिक धरोहर को रुपमा रहेको पाणिनि बहुमुखी क्याम्पस पुर्ब विद्यार्थी समाज गठन प्रश्यात समाजले गरेका विभिन्न क्रियाकलाप को कारण पनि प्राध्यापक र विद्यार्थी हरुको उच्च मनोबल बनाउन सफल रहेको भन्दै जिल्ला को समग्र बिकाश को लागि क्याम्पस को शैक्षिक स्तर उन्नति , जिल्ला अस्पताल लाई मेडिकल कलेज को रुपमा रुपान्तरण र जिल्ला लाई प्रयटन तथा प्रबर्द्धन को रुपमा बिकाश नगरे सम्म अरु जे सुकै गरिने बिकाश ले सार्थकता नपाउने भन्दै सकारात्मक रुपले मार्ग दर्शन गर्न प्राध्यापक हरु लाई अनुरोध गर्नु भयो।साथै समाज को तर्फ बाट तत्काल क्याम्पस लाई आबस्यक पर्ने थर्मलगन तथा Hand Washing Corner मेसिन ( हात धुने ठाउँ ) उपलब्ध गराउने प्रतिबद्धता समेत ब्याक्त गर्नु भएको थियोे ।
कार्यक्रम का प्रमुख अतिथी क्याम्पस प्रमुख बाबुराम शर्माले पुर्ब विद्यार्थी समाजले गरेका रचनात्मक कार्य हरुको खुलेरै प्रशम्सा गर्नु भयो।

