सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा हातधुने स्थलको निर्माण र थर्मल गन हस्तान्तरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पाणिनी बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थीहरुले हातधुने स्थलको निर्माण र स्वास्थ्य परिक्षण उपकरण थर्मल गन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 
हातधुने स्थल उदघाटन तथा थर्मल गन हस्तान्तरण कार्यक्रममा बोल्दै पाणिनी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम शर्माले पूर्ब बिद्यार्थी समाजले क्याम्पसको बृहत् हितका लागि गरेको सिर्जनात्मक कामको प्रशम्सा गर्दै यस क्याम्पसलाई नमुना क्याम्पस बनाउने कार्यमा पूर्ब बिद्यार्थी समाजले आगामी दिनमा अझ थप  सिर्जनात्मक कार्यहरु गरिरहनेमा बिश्वास व्यक्त गर्नु भएको थियो । 
यसैगरी पाणिनी बहुमुखी क्याम्पसका  पूर्ब स्वबियु सभापति तथा पूर्ब  बिद्यार्थी समाजका सल्लाहकार सम्योजक प्रेमनारायण गैरेले अर्घाखाँची जिल्ला शैक्षिक धरोहरको रुपमा रहेको पाणिनी बहुमुखी क्याम्पसको स्तर उन्नतिगरदै बहुप्राबिधिक शिक्षालयको रुपमा बिकास गर्नुपर्ने भन्दै हातधुने स्थल देख्दा सामान्य भएपनी यो स्वस्थ जीबनको लागि अनिवार्य सर्त भएकाले क्याम्पसले बिद्यार्थीहरु मार्फत प्रत्येक घरमा साबुनपानीले मिचिमिची हातधुनु पर्छ भन्ने सन्देश प्रबाह गर्नुपर्ने बताउनु भएको थियो । 
उहाँले स्वच्छताको लागि आफ्नो अग्रसरता गत बर्ष पनि क्याम्पसमा ४ वटा हातधुने स्थल निर्माण गरिदिएको स्मरण गराउनु भएको थियो ।  बर्तमान स्वबियु सभापति लक्ष्मण खड्काले अग्रज स्वबियु सभापतिज्यूहरुको सल्लाह र सुझावलिएर  क्याम्पसको शैक्षिक तथा भौतिक बिकासका लागी  आफूले निरन्तर ध्यानाकर्षण गरिरहेकाले क्याम्पसमा अहिले धेरै परिबर्तनको अनुभुती गर्न लागेको बताउनु भयो । पूर्व बिद्यार्थी समाजका अध्यक्ष  रामबहादुर चौहानले क्याम्पसको सर्बोपरी बिकासका लागि आफू र समाज लागिरहेको बताउनु भएको थियो । 
कार्यक्रमको अध्यक्षता पूर्ब बिद्यार्थी समाजका अध्यक्ष रामबहादुर चौहानले, संचालन सचीव शिव बेल्बासेले र उपाध्यक्ष शेषकान्त ओसनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अन्य समाचारहरु