प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । विपिन फार्मेसीका सञ्चालक तथा सामाजिक ब्यक्तित्व सुर्य थापा र सन्धिखर्क नगरपालिका वार्ड नम्वर १२ का अध्यक्ष नारायण खड्काले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई केएन् ९५ मास्क तथा स्यानीटाइजर प्रदान गर्नु भएको छ ।
ब्याडमिन्टन खेलाडी समेत रहेका थापाले केएन् ९५ मास्क एक सय २० थान र वडा अध्यक्ष तथा ब्याडमिन्ट खेलाडी खड्काले एक सय एम.एल.का एक सय २० वटा स्यानीटाइजर आज एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमममा सामुदायिक ब्याडमिन्टन कबर्डहल ब्यबस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्र घिमिरे, सामुदायिक कबर्डहलका उपाध्यक्ष कृष्ण प्रसाद भुसाल, सल्लाहकार कृष्णकुमार कुवर, जिल्ला फुटबल संघका अध्यक्ष मोहनसिंह ठकुरी , नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम तेक्वान्डो संघका जिल्ला अध्यक्ष बिष्णु परियारको सञ्चालनमा सम्पन्न भएको हो ।