अर्घाखाँचीका एक ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक समस्या


सचिन पाण्डे / अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं १ पणेनाका एक ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक समस्या परेको छ । 
पणेनाका नारायण प्रसाद पोखरेल र गिता पोखरेलका ब्लड क्यान्सर पीडित ९ वर्षिय छोरा बिष्णु हरि पोखरेलको उपचारको लागि आर्थिक समस्या परेको हो ।
बालकको अहिले कान्तिबाल अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार हुँदैछ । तर पारिवारीक आर्थिक समस्याका बालकको उपचारको लागि आर्थिक समस्या परेको भन्दै परिवारले सबैमा सहयोग गर्न अनुरोध गरेको छ । 
  
उनलाई सहयोग गर्न उनकी दिदी बिनिता पोख्रेलको नाममा जितपुर कपिलवस्तुमा रहेको शाईन रेसुङा बैंकको -01600700095308000001 र Global IMI Bank -M808010000017,Esewa-9847380077 पैसा जम्मा गरेर सहयोग गर्न सकिनेछ ।   यसबारे अन्य केही जानकारी चाहिएमा 9860206409 र 9808898669 मा सम्पर्क गर्न सकिनेछ । 

अन्य समाचारहरु