अर्घाखाँचीका मुस्लिम समुदायद्वारा साउन १७ गते शनिवार बकर ईद मनाउने तयारी

हलिम खान / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) अर्घाखाँची जिल्लामा साउन १७ गते शनिवारका दिन मनाउने भएका छन् ।
हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण मठ मन्दिर मन्दिर, मस्जिद, चर्चहरुमा भेला हुन जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । 
लकडाउनका कारण मुस्लिम समुदाय ईद उल फित्रको दिन आआफ्नो तरिकाले घरमैं नमाज पढेंका थिए ।
ईद उल अजहा (बकरईद) को नमाजलाई लिएर मुस्लिम आयोगको अगुवाईमा मुस्लिम धर्मगुरु, मुस्लिम अगुवा, समाजसेवी लगायत बिभिन्न पार्टीका मुस्लिम अगुवा एवं बुध्दिजीवीहरु भोली बिहीबार आयोगको कार्यालयमा बैठक बस्ने खबर प्राप्त भएको छ ।

अन्य समाचारहरु