अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा तरकारी जाेन सन्चालक समिति गठनकाे लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना, परियाेजना कार्यान्वयन ईकाई तरकारी जाेन बाख्राजाेनको आयोजनामा सन्धिखर्कमा तरकारी जाेन सन्चालक समिति गठनकाे लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
तरकारी जोन संचालन समिति गठन तथा छलफल तथा अन्तरक्रिया कार्यक्रमको एक भब्य समारोहका बिच राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले ब्यानर पढेर उदघाटन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता समन्वय समिति प्रमुख पिताम्वर शर्मा भुसाल, स्वागत सह संयाेजक सराेज भुसाल, सन्चालन सचिव बिष्णु प्रसाद भुसालले गर्नुभएको थियो । साथै स्वागत सह संयाेजक सराेज भुसाल
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पाेख्रेल, बाख्रा जाेन संयाेजक राम बहादुर रायमाझी, परियाेजना प्रमुख बुद्धि राम भट्टराई, पत्रकार महासंघ अध्यक्ष हिम लेकाली, पुष्करनाथ बन्जाडे लगायतको उपस्थिती रहेको थियो ।


यस्तै तरकारी जोन अर्घाखाँचीको भेलाले सरत भुसाल अध्यक्ष रहेको ९ सदस्यीय जिल्ला समितिको गठन गरेको छ।
जसमा
उपाध्यक्ष :- पुस्करनाथ बन्जाडे
सचिब :- बिष्णु प्रसाद भुसाल
सहसचिव :- जमुना न्यौपाने
सदस्य :
धर्मराज पाण्डे
गिता भुसाल
वसन्त आचार्य
छन्द बहादुर क्षेत्री
मनि पंथी रहनु भएको छ।