अर्घाखाँचीमा नक्कली फेसबुक अकाउन्ट खोल्ने विरुद्द समाजसेवी खड्काद्वारा प्रहरीमा उजुरी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । आफ्नो नाममा नक्कली फेसबुक अकाउन्ट खोलेको भन्दै समाजसेवी तथा पत्रकार प्रेम खड्काले कारबाही गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी दिनुभएको छ । 
खड्काले आफ्नो नाममा नक्कली फेसबुक अकाउन्ट खोलेको भन्दै कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा बिहीवार उजुरी दिनुभएको हो । नक्कली फेसबुक अकाउन्ट खड्काको नाम सहित फोटो पनि राखेर ४,५ दिन अघि बनाएको फेला परेको छ । 
उता नक्कली फेसबुक अकाउन्ट कसले बनाएको भन्ने अझै पता लगाउन सकिएको छैन् । सामान्यतया चिनजान व्यक्तिले उक्त नक्कली अकाउन्ट बनाउन सक्ने सहज अनुमान गरिएता पनि कुन उदेश्यले बनाएको त्यो पनि थाहा हुन सकेको छैन् । 
साथै समाजसेवी खड्काले आफ्नो नाममा नक्कली अकाउन्ट नबनाउन र जसले यो कार्य गरेको छ तुरुन्त बन्द गर्न डट्कम मार्फत अनुरोध समेत गर्नुभएको छ । 
पछिल्लो समय नक्कली अकाउन्ट खोली नकरात्मक टिप्पणी, कमेन्ट गर्ने, गाली गलौज गर्ने समस्या बढेको देखिन्छ । 

अन्य समाचारहरु