अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । गत साउन १४ गते बुधबार अर्घाखाँचीका वरिष्ठ पत्रकार मुक्ति भुसालद्वारा लेखिएको घटना र विचार अनलाइनमा प्रकाशित समाचार झुटो र तथ्यहिन रहेको भन्दै अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व-उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले खेद प्रकट गर्नुभएको छ।
संसद रायमाझीले अर्घाखाँचीडट्कमसंग कुरा गर्दै साविकको मदन भण्डारी राजमार्गको रुट कुर-नुवाकोट-खिल्जि-असुरकोट हुँदै जोहिटारी जाने रुट प्राविधिक कारणले मापदण्ड पूरा हुन नसक्ने भएकोले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक उमेशबिन्दु श्रेष्ठले उक्त रुटको मापदण्ड नपुग्ने सिफारिस गरेपछि गुल्मीबाट जान लागेको बाटोलाई अर्घाखाँचीमा राजमार्गको रुट पार्नको लागि कुर-नुवाकोट-खिल्जी -असुरकोट रुटलाई धरमपानी -अर्घा-रतनमारे-गोखुङ्गा रुटको लागि सुझाव दिएको र सो रुटबाट मदन भण्डारी राजमार्ग लग्न आफुले धेरै सङ्घर्ष गर्नुपरेको बताउनुभयो।
उहाँले घटना र बिचार अनलाइन पत्रिकामार्फत प्रकाशित समाचार झुट, आपत्तिजनक र पुर्वाग्रही हुनुका साथै आफू अर्घाखाँची जिल्लाको विकासको लागि दत्तचित्त भएर लागेको जसको मुल्यांकन आम अर्घाखाँचीबासीले गरेकोे कुरा पनि बताउनुभयो।
हिजो प्रकाशित समाचारमा संसद रायमाझीले मदन भण्डारी राजमार्गलाई आफ्नो घर जाने बाटो पारेर योजनालाई तोडमोड गरेको , संसद विकास कोषको दुरुपयोग गरेको,क्षेत्र न.२ बिकास गर्न नसकेको आदि जस्ता आरोप लगाई अर्घाखाँचीका वरिष्ठ पत्रकार मुक्ति भुसालले घटना र विचार अनलाइनमा समाचार प्रकाशित गर्नु भएको बताइएको छ ।