श्याम घिमिरे / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतको आयोजनामा गत आर्थिक बर्ष ०७६/०७७ को योजना कार्यान्वयनको बार्षिक कार्यप्रगति समिक्षा,आगामी योजना र फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रस्तुतिकरण कार्यक्रम बिहिबार अदालत परीषर्मा सम्पन्न भएको छ ।
कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका श्रेतेदार महेश खनालले आर्थिक बर्षको योजना कार्यान्वयनको बार्षिक कार्य प्रगति समिक्षा,आगामी योजना र फरक मुद्धा व्यवस्थापन लगायतका बिषयमा प्रस्तुतिकरण गर्नुभएको हो ।
कार्यक्रममा मनतब्य राख्दै अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेले जनताको पहँुच सम्म न्याय क्षेत्रलाई पु¥याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भयो । न्यौपानेले अदालतले गर्ने कामकारवाही र न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने कुरालाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । न्यौपानेले अदालतबाट जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिनमा आफुहरु तत्पर रहेको भन्दै जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को मुख्य दायित्व भएको दाबि समेत गर्नु भयो ।
जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिीति रहेको कार्यक्रम अनन्त मरासीनिको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा अर्घाखाँची जिल्ला बार ईकाइका अध्यक्ष बिजय केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।