सन्धिखर्ककाे पाणिनी क्याम्पसमा प्रागकाे अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

गणेश खनाल 
पाणिनी क्याम्पस, अर्घाखाँची । नेपालको मानव अधिकार आन्दोलनका एक अथक योद्धा इन्सेकका संस्थापक महासचिब स्वर्गीय प्रकाश काफ्लेको २८औं स्मृति दिवस आज सन्धिखर्कमा बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।
प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीकाे आयाेजनामा पाणिनी क्याम्पस सन्धिखर्ककाे हातामा बृक्षारोपण ,हातको प्रयोग बिना खुट्टाको सहायताले हातधुने नयाँ प्रबिधिको स्थापना र कोरोना भाइरस महामारी र नागरिकको स्वास्थ्य अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएकाे हाे ।
प्रकाश सचेतन समूह ( प्राग)का अध्यक्ष बाबुराम शर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले प्रकाश सचेतन समूह प्राग ले गरेकाे असल कार्यकाे प्रशंसा गर्दै स्वर्गिय काफ्ले प्रति श्रर्द्धा सुमन क्यक्त गर्नु भयाे ।
उहाँले अब चाड बाडमा बिदेशबाट आउने काेराेना भाईरस राेगका संक्रमित लाई हाेम क्वारेन्टाइनमा राख्ने कुरा र शिक्षण संस्था खाेल्ने कुरा सान्दर्भिक नभएकाे बताउनु भयाे । काेराेना समुदायमा फैलिन थालेकाेले उच्च सतर्कता अपनाउनु पर्ने र बिदेश बाट अाउनेकाे डाटा तयार गरि पहिले जस्तै क्वारेन्टाइन मा राख्न सबै लाई सुझाउनु भयाे ।
प्रकाश सचेतन समूह (प्राग ) का निर्देशक प्रेम गैरेकाे सन्चालन र सचिव छमकुमारि खनाल काे स्वागतमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल ,मालारानि गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,पाणिनि बहुमुखि क्याम्पसका प्रमुख बुद्धिराम भुसाल ,कानून ब्यबसायी बार पूर्व अध्यक्ष केवि भुसाल , पाणिनि क्याम्पस पूर्व विद्यार्थी समाज अध्यक्ष राम बहादुर चाैहान ,पत्रकार महासंघ अध्यक्ष हिम लेकाली ले अथक मानवअधिकार योद्धा प्रकाश काफ्ले प्रति हार्दिक श्रद्धा सुमन ! ब्यक्त गर्नुभएकाे थियाे ।

अन्य समाचारहरु