अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । शहिद मनोज झपेन्द्र स्मृति दिवस सन्दर्भ पारेर अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा फूलको बिरुवा रोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा हिजो बिहानी कार्यक्रम अन्तर्गत शहिद मनोज झपेन्द्र स्मृति दिवस सन्दर्भ पारेर अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा फूलको बिरुवा रोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
फूलको बिरुवा रोपण तथा सरसफाई कार्यक्रममा जिल्ला कार्य समिति अर्घाखाँचीका अध्यक्ष शिला पोख्रेल लगायतका पदाधिकारी तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कोरोना भाइरस कोभिड 19 का कारण ठुलो जमघट गर्न नमिल्ने हुँदा सिमित उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै साँझ उक्त शहिदहरुको सम्झनामा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीको कार्यालय भएको भवनमा दिप प्रज्वलन समेत गरिएको थियो ।