कमला घिमिरे / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली महिलाहरुको महान चाड हरितालीका तिज नजिकिँदै गर्दा नेपाल स्वयंसेवक युवा संगठनले सन्धिखर्कमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कमा नेपाली महिलाहरुको महान चाड हरितालीका तिज नजिकिँदै गर्दा नेपाल स्वयंसेवक युवा संगठनले शुक्रबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल स्वयंसेवक युवा संगठन कि जिल्ला अध्यक्षको कमला घिमिरेको अध्यक्षता, नेपाल स्वयंसेवक स्वास्थ्य संघ का प्रदेश नम्बर ५ का अध्यक्ष आकाश भुसालको प्रमुख अतिथी, संस्थाका जिल्ला सदस्य अनिशा शाहि ठकुरीको संचालन र संस्थाका कोषाध्यक्ष हलिम खानको स्वागत मन्तब्यमा सम्पन्न भएको छ ।
समाजमा हुने हरेक कृयाकलापमा अग्रपंक्तिमा रहेर युवाहरुले आफ्नो समाजको लागि केही गर्नुपर्छ भन्ने उदेश्यले आफुहरु यस संस्थामा लागेको बताउछिन संस्थाका अध्यक्ष कमला घिमिरे ।
संस्थाले यसअघि कोरोना सम्बन्धी शिक्षा दिदै बाटोमा हिड्ने सर्वसाधारण, गरिव हरुमा पनि १००० थान सर्जिकल माक्स बितरण गरेको संस्थाका सदस्य अनिशा साही ठकुरीले बताउनुभयो ।