लक्ष्मण घिमिरे
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानीमा निर्माणाधिन गंगासरोवर तालको नगरपालिकाले अनुगमन गरेको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बहादु आचार्य, नगरपालिकाका ईन्जिनियर नारायण पोख्रेल, सन्धिखर्क–१२ का वडा सदस्य नारायण बस्याल लगायतको टोलीले अनुगमन गरेको हो ।
पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गंगासरोवरको स्तरोन्नतीको काम भईरहेको छ । सुपा देउराली मन्दिरबाट ३ किलोमिटरको दुरीमा नरपानीको गंगासरोवर रहेको छ । सुपादेउरालीमा आएका पर्यटकहरूलाई नरपानीसम्म ल्याउनका लागि गंगा–सरोवरमा डुंगा सञ्चालन गरेर गत वर्ष उद्घाटन गरिएको थियो ।
पिकनिक स्थलको रुपमा विकास भएको नरपानीमा,,, पर्यटकलाइ लक्षित गरेर नरपानीमा डुंगा सञ्चालन गरिएको र पर्यटनमा यस क्षेत्रले सम्भावना बोकेकाले पर्यटनका पुर्वाधारको कामलाइ तिब्रता दिएको नगरप्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । सुपा देउरालीमा आएका पर्यटकलाई नरपानी सहित सन्धिखर्क हुँदै अर्घासम्म घुमाउन लैजाने गरी योजना बनाएर अगाँडी बढेको प्रमुख भुसालको भनाई छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस नगरपालिकालाई पर्यटनका माध्यम बाट चिनाउन आफुहरुले हर सम्भव प्रयास गरेको नगर उपप्रमुख ठाकुर बिकले बताउनु भयो । पर्यटनका माध्यमबाट स्थानियलाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।
गत वर्ष विनियोजन गरेको करिब ४ लाख रुपैयाँमा २ वटा डुंगा सञ्चालनमा रहेको र अझै धेरै डुंगा ल्याउने गरी कार्ययोजना बनाईएको नगरपालिकाका ईन्जिनियर नारायण पोख्रेलले बताए बताउनु भयो ।
