अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको जिल्लाबासीद्वारा सराहना


अर्घाखाँची डट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल आएपछि प्रशासनका हरेक कामहरु अति प्रभावकारी तबरले गरिरहेको भन्दै अर्घाखाँचीबासीले प्रशंसा गरेका छन् । 
जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी रुपमा बहाल भएको करिव ३ महिनापछि खनालले प्रशासनका हरेक कामहरु खटेर अति प्रभावकारी तबरले गरिरहेको भन्दै अर्घाखाँचीबासीले प्रशंसा गरेका हुन् । 
खनालले शान्ती सुरक्षा, बिपद ब्यबस्थापन, जनचेतनामूलक गतिबिधिहरु, कोभिड १९ मा क्यारेन्टाइन ब्यबस्थापन, सवारी साधन ब्यबस्थापन, सुचना-सन्चारको सहज आदानप्रदान लगायतका क्षेत्रका कामहरु अति प्रभावकारी तबरले काम गरिरहेको भन्दै जिल्लाबासीले सराहना गरेका छन् ।
साथै उहाँले अर्घाखाँची प्रशासन कार्यालयलाई ए -प्लस ग्रेड प्राप्त गर्न ठुलो योगदान पुर्याउनु भएको भन्दै जिल्लाबासीले प्रशंसा गरेका छन् । सन्धिखर्क – १ का गणेश भुसालले भने, लकडाउन अवधी  भर सहायक प्रमुख जिल्ला अधिकारी विनोदले जे जस्तो प्रभावकारी भूमिका खेल्नु भयो र सबै क्षेत्रमा पुगेर समन्वय, राम्रा काम गरिरहनु भएको छ  ।
यस्तै शितगंगा नगरपालिका वार्ड नम्बर ४ का तिलक क्षत्रीले भन्छन्- अहिलेका सहायक सिडियो त जिल्लामा सधैं रहिरहे पनि हुने, हामीले उहाँका काम नजिकबाट देखियो— प्रशासनलाई अति उत्कृष्टको सुचीमा पर्ने उहाँ जस्ता कर्मचारीका कारण हो ।  हामी जिल्लाबासी उहाँ जस्तो सहायक पाउदा खुशी छौ ।        
गत २०७७ जेष्ठ १ बाट जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बहाल रहनुभएका खनाल बुवा ईन्द्रमणी खनाल र आमा पार्वता खनालका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म २०४८ र घर जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा हो । उहाँले यसअघि प्युठान, नवलपरासी लगायतका जिल्लामा लामो समय सेवामा रहनु भएको थियो ।
उता जिल्लाको शान्ति सुरक्षा, कोभिड–१९ कोरोना संक्रमणमा खेलेको भूमिकाको मुल्यांकनको आधारमा  अर्घाखाँची प्रशासनको कार्यप्रगति (A-प्लस) ग्रेड प्राप्त गर्न सफल भएको छ । यस अघि पनि अर्घाखाँची प्रशासनले कार्यसम्पादनमा उत्कृष्ट भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले पनि कोरोना संक्रमणमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो र छ ।  शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रशासनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

अन्य समाचारहरु