अर्घाखाँची डट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका छन् ।
सन्धिखर्कको एक होटलमा प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका हुन् ।
जुवा खेलिरहेकाे अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना जुवा खेलिरहेकाे अवस्थामा भेटिएका थिए । जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शाेभाखर) फरार रहेकाे जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएकाे छ । उनीहरुको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।
प्रहरीले जुवा खेलिरहेकाे अवस्थामा नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क, लिलबहादुर बिसी र कृष्ण भुसाल लगायतका रहेकाे प्रहीकाे भनाई छ ।
पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।