सन्धिखर्कको साथी होटेलबाट सहयोगी बिसी सहित ५ जना जुवाडेहरू रङ्गेहात पक्राउ, जनप्रतिनिधी सहित ३ जना फरार

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा यौन दुर्व्यवहार गरेको गम्भिर आरोपमा मुद्दा खेपेका सहयोगी बिसी भन्ने लिल बहादुर बिसी सहित ५ जना जुवाडेहरू रङ्गेहात पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक प्रकाश खत्रीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार सन्धिखर्कको होटेल साथीमा  प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका हुन्।
पकाउ पर्नेमा जुवा खेलिरहेकाे अवस्थामा सहयोगी बिसी भन्ने लिलबहादुर बिसी नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क र कृष्ण भुसाल लगायतका रहेकाे  छ । 
उनिहरु सन्धिखर्कको एक होटलमा प्रहरीले जुवाखालमा छापा हान्दा हाेटल साथीबाट ५६,५७५ रुपैया सहित जुवाडेहरू रङ्गेहात पक्राउ परेका हुन् ।
जुवा खेलिरहेकाे अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना जुवा खेलिरहेकाे अवस्थामा भेटिएका थिए । जसमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शाेभाखर) फरार रहेकाे जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएकाे छ । उनीहरुको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो ।  

अन्य समाचारहरु