अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, मालारनी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाले जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन विदा दिने भएका छन् । तर भुमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाले कोभिड-१९ का कारण शैक्षिक क्षेत्र बन्द नै रहेकोले अन्य क्षेत्रमा विदा नदिने निर्णय भएको दुबै नगरपालिकाका प्रमुखले बताएका छन् ।
जिल्लाको सन्धिखर्क नगरपालिका, मालारनी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाले हिन्दुहरूकाे चार्ड जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन भाेली सार्वजनिक विदा दिने भएका हुन् ।
सन्धिखर्क नगरपालिका, मालारनी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाले विज्ञप्ति जारी गर्दै विदा दिने बताएका हुन् ।