दिपेन्द्र खत्री
पटैटी, साउन १९ अर्घाखाँची । अर्घाखाँचीमा फेरि आज फाट्टफुट्ट सलह किरा देखिएकाे छ। सलह किरा समवार दिउँसो अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालीकाका वस्तीबाट मालारानी गाउँपालीका प्रबेश गरेको हाे । उक्त भेगमा सलह किरा देखिए संगै आम किसानमा त्रास फैलीएकाे छ।
ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको मालारानी गाउँपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो।सलह किरा जिल्लामा देखिन थालेपछि किसानमा त्रास फैलिएको छ।साेमबार बिहान पख्ख जिल्लाकाे मालारानी गाँउपालीकाका केही स्थानमा प्रबेश गरि उडिरहेको थियो भने साझपख बाली नालीमा सम्म पसेकाे स्थानियहरुले बताएका छन् ।
स्थानीयका अनुसार सलह साेमबार बिहान पख्ख अमिले, डडुबा, डाँडाकटेरी, घडेरी ,पटैटी हुँदै आएको हुन सक्ने अनुमान गरिएको छ।
किसानमा त्रास
अर्घाखाँचीका किसानमा त्रास थपिएको छ । किसानले लगाएको मकै धान तथा अन्य बालीमा सलह प्रबेश गरेसंगै किसानमा त्रास थपिएको मालारानी गाउँपालिका वडा नं २ का रमेश पाण्डेकाे भनाई छ उनले भने विश्व जगत कोरानासग लडिरहेको बेलामा सलह किराको रोकथाम समयमै गर्ने नेकेमा सिङ्गो नेपालमा भोकमरि आउन सक्ने पाण्डे ले बताए।